
बीमा दर्पण डटकमले भेट्यो अर्थ मन्त्रालय अन्तर्गतको सुझाव समिति, दियो २९ बुँदामा सुझाव

काठमाडौं । बीमा दर्पण डटकमले नेपाल सरकारद्धारा समग्र बीमा क्षेत्रको सुधार गर्न गठित समिति, २०८३ मा सुझाव पेश गरेको छ । बीमा दर्पण डटकमका सम्पादक नबिन पोखरेलले सो सुझाव दिएका हुन् ।
सुशील कुमार ओझा सो समितिको संयोजक रहेका छन् ।
यता, सहदेव तिवारी र श्रीकृष्ण थापा मगरलाई सोही समितिको सदस्य तोकिएको छ ।
सरकारले समितिलाई बीमा क्षेत्रको समग्र अध्ययन गर्न ९० दिनको समय समेत उपलब्ध गराएको अवस्था छ । सोही तीन महिने अवधि भित्र बीमा क्षेत्रमा विद्यमान रहेका समस्याहरु पहिचान गरि त्यसलाई समाधान गर्ने समेत उदेश्य रहेको बताइएको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले एक महिना अघि मन्त्रीस्तरको निर्णयमार्फत सो समिति गठन गरेका हुन् ।
यस्ता छन् बीमा दर्पण डटकमले सरकारी समितिलाई दिएको सुझावहरु :
१ बीमक (बीमा कम्पनीहरु) को क्षेत्रगत लगानीको दायरा बिस्तारमा जोड दिन आवश्यक देखिएको छ ।
२ बीमितहरुलाई बीमामा आकर्षण गर्ने मात्र नभई बीमाको नविकरणमा समेत जोड दिन आवश्यक देखिएको छ । बढ्दो बीमा सरेण्डरलाई रोक्न केही कदम चाल्नु पर्ने देखिएको छ ।
३ टार्गेट समूहको पहिचान गरेमा बीमा गरेका वा कुनै पनि बीमा सम्बन्धि गरिएका मेहनतहरु खेर नजाने देखिएको छ । प्रोडक्ट डेलिभरीको उदेश्य पूरा गर्नु पर्ने देखिएको छ ।
४ बीमा गराउनु पूर्वको जोखिमांकन अन्डरराटींग थप बलियो बनाउनु पर्ने देखिएको छ । बीमितलाई ९० दिनको ट्रायल पिरीयडमा समेत केही परिमार्जन गर्नु पर्ने देखिएको छ ।
५ नो डिले अन क्लेम पेमेन्ट । बीमाको दाबी भुक्तानी दिँदा कुनै पनि कसिमका ढिला सुस्तीलाई निरुत्साहित गर्नु पर्ने देखिएको छ ।
६ बीमितको आर्थिक क्षमताभन्दा बाहिरका बीमा नगर्ने, नगराउने । त्यस्तो गरिएको पाइएमा थप कडाई गर्नु पर्ने देखिएको छ ।
७ एक अब्बल एजेन्टले नै कम्पनी सबल बनाउन मद्धत गर्ने हुँदा पार्ट पाइम एजेन्टका बारेमा खोजी गर्ने, तीनका समेत मर्का बुझ्ने तथा बीमाको गम्भियता बाहिर रहेका एजेन्टलाई उचित तालिम तथा बीमाको गम्भिरता बुझाउँन निगरानी गर्नु पर्ने देखिएको छ ।
८ बीमा एजेन्टलाई मात्र दोष दिनु अघि उनीहरुलाई दिने तालिम, सुविधाका बारेमा समेत अद्यावधिक गर्नु पर्ने देखिएको छ ।
९ बीमाको वास्तविकताका तथा नागरिकको आय स्तरको वास्तविकता जोड्दा बीमा बुझ्दा शैक्षिक तथा गर्दा आर्थिक पाटोको लाभ मिल्ने खुलाउनु पर्ने देखिएको छ ।
१० बीमाको विश्वास बढाउन विभिन्न तह र निकायबाट थप काम गर्नु पर्ने देखिएको छ ।
११ बीमा कम्पनीहरुको लगानी स्वदेशमा कि विदेशमा कहाँ राख्ने भन्ने विषयमा स्पष्ट व्यवस्था हुुनुपर्ने देखिएको छ ।
१२ बीमा क्षेत्रका पुराना र जटिल समस्याहरु एक दिनमा समाधान नहुने हुँदा कतिपय नयाँ सुरुवातको समय प्रभावित पार्न नहुने देखिएको छ ।
१३ माइनर समस्याहरुको तुरुन्तै समाधान गर्नु पर्ने देखिएको छ ।
१४ मेजर समस्या केही समय लागे पनि परिणामुखी देखिनुको विकल्प नरहेको देखिएको छ ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स )
१५ बीमा क्षेत्रका कुनै पनि लाइसेन्स लिएका निकायलाई सोही काम गर्न वातावरण तथा मोटिभेसन समेत निकै अपरिहार्य देखिएको छ ।
१६ बीमा क्षेत्रसँग जोडिएका जुनसुकै निकाय पनि बीमाको मुल उदेश्यसँग एक हुनु पर्ने देखिएको छ ।
१७ आगामी दिनमा राहत स्वरुप दिने सहयोग जस्तै बीमाशुल्कमा जोड्न सके सानो रकमबाट नागरिकका कतिपय ठूला समस्यामा सारथी हुने देखिएको छ ।
१८ नेपाली बीमा क्षेत्रले आफ्नै समस्या र जटिलता माथि कतिपय विजय पाइरहेको बेलामा विदेशी कम्पनीहरुका लागि यहाँका कार्यशैली दुर्लभ एवम् नयाँ अध्ययन बन्ने देखिएको छ ।
१९ बीमा गरेपछि बीमितहरुको घटनाका प्रकृती भिन्न हुने भएकाले प्रत्येक बीमितका अफ्ठयारामा बीमा कम्पनीरुको व्याख्याले ठूलो माने राख्ने देखिएको छ ।
२० बीमकले कतिपय अवस्थामा मर्यादाक्रम समेत भुल्ने गरेको देखिएमा उनीहरुले आफ्नो पदिय मर्यादा सम्हाल्दा मात्रै बीमा उद्योगको उत्पादनमा समेत प्रत्यक्ष असर पार्ने देखिएको छ ।
२१ बीमा क्षेत्र बुझेका व्यक्तीलाई सोही अनुसारको नियुक्ती दिएमा प्रशान जानेको, बीमा जानेको वा दुवै जानेको व्यक्तीको अन्तर आफै छुट्टीने देखिएको छ । अब बीमा बजारमा प्रशासन र बीमा दुबै बुझेको व्यक्तीको खाँचो देखिएको छ ।
२२ सरकारी बीमा कम्पनीहरुले कायम गर्ने सदासयतामा वृद्धि हुन सके त्यसको लाभ सोही कम्पनी तथा समग्र बीमा उद्योग एवम् अर्थतन्त्रमा समते पर्ने देखिएको छ ।
२३ बीमा वाइंग र सेलिंगको बहस चलेको बेलामा बीमा खरिद गर्नेको ठूलो लाइन नलागे पनि सहि बीमा सहि व्यक्ती र सहि समयमा बेच्नु पर्ने विषयमा निगरानी समेत जरुरी देखिएको छ ।
२४ बीमा कम्पनीका संचालकले नाफा खोज्नु स्वभाविक भए पनि बीमाले कसलाई कतिसम्म दिनसक्छ त्यहाँसम्म बीमा पुग्नै पर्ने देखिएको छ ।
२५ नियामक निकायबाट बीमा कम्पनीहरुले पाउने रिवार्ड र पनिस्मेन्टमा समेत एकरुपता हुनुपर्नेमा केही गुनासो देखिएका छन् ।
२६ व्यक्तीको आयू घटबढ हुँदा त्यसले बीमाशुल्कमा पार्ने सानो ठूलो प्रभाव, बीमाशुल्क घटबढको बारेमा स्पष्ट हुनुपर्ने देखिएको छ ।
२७ समग्रमा बीमा क्षेत्रको सुधार गर्न यस उद्योगको नयाँ मागमा एकरुपता अपरिहार्य देखिएको छ ।
२८ बीमा जोडिएका विषयमा विश्वास पर्यायवाची बन्नु पर्ने देखिएको छ ।
२९ क्षेत्राधिकार अनुसार सबैले काम गर्न जरुरी भएको र त्यस्तो क्षेत्राधिकार बाहिर जाने कुरामा समेत कडा निगरानी हुनु पर्ने देखिएको छ ।
(बीमा दर्पण डटकम : मिरोर अफ इन्स्योरेन्स )

