
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजार आइतबार सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबार घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले महंगो भएको छ । आज सुनको मूल्य तोलाको ३ लाख २ हजार २०० रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य ३ लाख १ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ६० रुपैयाँले बढेर तोलाको ४ हजार ६६० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ४ हजार ६०० रुपैयाँ रहेको थियो ।

