
नेपाल एसबिआई बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ कराेड ३१ लाख सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले हालै आएकोे भोटेकोशी बाढीबाट प्रभावित ब्यक्ति तथा समुदायको सहायताका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ३१ लाख रकम सहयोग प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतको रकम र कर्मचारीहरूको स्वेच्छिक सहयोगसहितको कुल रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकाे हाे ।

