
होटेल अकामाको पाँचौं वार्षिक साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा ?
काठमाडौं । होटेल अकामाले वार्षिक साधारणसभा आह्वान गरेको छ । रमदा ग्रुप अन्तर्गत सञ्चालित चेन होटेल अकामा होटेल लिमिटेडले असोज १४ गतेका लागि ५ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
होटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज १४ गते कम्पनीको रजिष्टर्ड कार्यालय अकामा होटेल धुम्बाराहीमा दिउसो १ बजेका लागि सभा बोलाएको हो । सभाले सञ्चालक समितिको पाँचौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आ.व. २०८२/०८३ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८३ साल असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत्सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने र कम्पनीको आ.व. २०८३/०८४ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा पारीश्रमीक निर्धारण गर्ने प्रस्ताव उपर छलफल गरि पारित गर्ने छ ।
त्यस्तै संस्थापक सेयरधनीहरुको समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने एक जना महिला सहित ५ (पाँच) जना संचालकहरुको नियूक्ति÷निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पनि सभामा पेश हुने छ ।

