
कांग्रेस नेता उमेश श्रेष्ठका भाइ पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् । उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
प्रहरी स्रोतका अनुसार, उनलाई विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको हो ।उमेश भने कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् । पक्राउ परेका महेशसँग विचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको प्रहरी स्रोतको भनाइ छ ।


