
मोरङ जिल्लाका प्रमुख प्रहरी उपरीक्षक कटुवाल र बीमा प्राधिकरणका कोशी प्रमुख महर्जनको भेट
काठमाडौ । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कवित कटुवाल र नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयका प्रदेश प्रमुख श्री राजेन्द्र महर्जन बीच बीमा क्षेत्रमा हुन सक्ने आपराधिक तथा अनियमित गतिविधिको रोकथाम तथा नियन्त्रणका साथै समसामयिक बीमा सम्बन्धी विषयमा छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा बीमा क्षेत्रमा प्रभावकारी समन्वय, सूचना आदान–प्रदान तथा आपसी सहकार्यलाई थप सुदृढ बनाउँदै बीमा व्यवसायलाई सुरक्षित, व्यवस्थित, पारदर्शी तथा विश्वसनीय बनाउन आवश्यक पहलका विषयमा समेत विचार–विमर्श गरिएको थियो।


