
बाढी प्रभावितका लागि एक्सेल डेभलपमेन्ट बैंकको साढे १३ लाख सहयोग
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंक तथा बैंकका कर्मचारीहरूको तर्फबाट १३ लाख ५५ हजार रुपैयाँ सहयोग गरेको छ ।
झापामा केन्द्रीय कार्यालय रहेको यो बैंकले १३ दाख ५५ हजार रुपैयाँ बराबरको चेक झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेललाई हस्तान्तरण गरेको हो ।
गत भदौ १० मा रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, खोजी तथा पुनर्स्थापनाका लागि रकम हस्तान्तरण गरिएको हो ।


