
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको ३ लाख ४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।


