
पहिरोले चमेलिया नदी थुनियो, अपिहिमालका १५ परिवार उच्च जोखिममा

बाजुरा । दार्चुलाको अपिहिमाल गाउँपालिका–२ स्थित भट्टार क्षेत्रमा पहिरो गएको छद। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।
नदीको बहाव प्रभावित भएकाले नदी किनारका बस्तीका नागरिकलाई सतर्क गराउन लागिएको उनले बताए । ‘पहिरोले चौलानी नदी थुनिएको हामीले जानकारी पाएका छौँ । अहिले पानी पास भइरहेको छ । फेरि पहिरो जान सक्ने सम्भावना रहेकाले सबैलाई सचेत गराइसकेका छौँ,’ प्रजिअ पौडेलले भने ।
अपिहिमाल, मार्मा, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिकाका तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित प्रहरी निकायलाई जानकारी गराइएको उनले बताए । डडेलधुरा र बैतडीका तटीय क्षेत्रका बासिन्दालाई समेत खबर गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।

