
कुमारी बैंकको ५ लाख भन्दा बढी कित्ता सेयर बिक्रीमा, मूल्य कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ५ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख १८ हजार ३९१ कित्ता सेयर बिक्रीमा राखेको छ । नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो हक विद्यमान संस्थापक सेयरधनीहरुलाई हुने भएकाले विद्यमान संस्थापक सेयर धनीहरुका लागि ३५ दिने सूचना जारी गरिएको छ ।
उक्त समय भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं – २, टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्ने छ । उक्त सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ । म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्रीको प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।


