

माघको कठ्याङ्ग्रिदो जाडोमा सलिको इन्स्योरेन्सको उदार कदम, मधेश प्रदेशका ८ जिल्लामा न्यानो कम्बल वितरण




काठमाडौं । दिनानुदिन जाडो चर्किरहेको छ । यस्तो अवस्थामा मुख्यतय कपडा भएकाहरुले त तैबिसेक आफ्नो जोहो गरेकै छन्, सबैभन्दा समस्या लत्ताकपडा अभाव हुने परिवारमा छ । उनीहरुलाई जाडो कहिल्यै नआओस् जस्तो हुने गर्छ ।
तर, नेपाली समाजमा भनाई नै छ, एक माघले जाडो जाँदैन । भनाईको मतलब त्यस्ता परिवारहरु जाडोकै कारण पटक-पटक नमिठो सास्ती व्यहोर्न बाध्य छन् । ठिक यही बेलामा नेपाली बीमा क्षेत्रको सबल कम्पनी सगरमाथा लुम्बिनी (सलिको) इन्स्योरेन्सले आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई मद्धत गरेको छ ।
कम्पनीका अनुसार सलिको इन्स्योरेन्सले पौष ०७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं. ४ मा विभिन्न वर्गका ७० जनालाई कम्मल वितरण गरेको हो । उक्त कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष भेडी प्रसाद यादव, नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछानेले , शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहानको उपस्थिति रहेको थियो ।
कम्पनीले चालेको न्यानो कदमले एकातिर आर्थिक अवस्था कमजोर भएका नागरिकहरुले प्रत्यक्ष्य लाभ पाउँने भएका छन् भने अर्कोतर्फ आफूसँग हुनेले नहुने व्यक्तीतर्फ जतिसक्दो सहयोगी र सकारात्मक भावना राख्नु पर्छ भन्ने गहिरो एवम् ठूलो शिक्षा समेत दिएको छ । सलिको इन्स्योरेन्सले आफूहरुले सो सहयोग आफ्नो सामाजिक उत्तर दायित्व (सोसीयल कर्पोरेट रेस्पोन्सीबिलीटी) अन्तर्गत प्रदान गरेको जनाएको छ ।
यता कम्पनीले न्यानो कम्मल बितरण गरेसँगै उक्त घर परिवारमा छुट्टै खुसीयाशी छाएको र उनीहरुले समेत कम्पनीप्रति आफूहरु निकै धन्यवादी रहेको भाव व्यक्त गरेका थिए ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले विभिन्न सूचकहरुमा आफूलाई अब्बल दर्जामा स्थापित गरेको मात्र नभई छिटो-छरितो दाबी-भुक्तानीको लागि समेत तत्पर रहेको कम्पनी स्रोतले बीमा दर्पण डटकमलाई जानकारी दिएको हो ।
नेपालको मधेश भेगमा रहेका नागरिकहरुले जाडो र गर्मी दुवै मौसममा अकारण मौसमी समस्या खेप्नु पर्ने बाध्यता रहदै आएको छ । आगामी दिनमा आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत विपद्मा परेका नागरिकहरुको पिडामा प्रत्यक्ष मलम पट्टी लगाउँने भाव सलिको इन्स्योरेन्सले व्यक्त गरेको छ ।