
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनचाँदीको मूल्य आज भने बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ हजार ६०० रुपैयाँ र चाँदी १४५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ४ हजार ९०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १४५ रुपैयाँले बढेर तोलाको ४ हजार ७२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५८० रुपैयाँ रहेको थियो ।

