
ज्योति विकास बैंकले भोटेकोशीका पीडितलाई दियो ५० लाख

काठमाडौ । ज्योति विकास बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५० लाख सहयोग गरेको छ ।
साथै, बाढीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका समाजिक, शैक्षिक, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम अन्तर्गत चरणबद्ध रुपमा थप रु. ५० लाख सम्मको सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

