
पेट्रोलको मूल्य रह्यो यथावत्

काठमाडौँ । नेपाल आयल निगमले यसपाली पेट्रोलियम पदार्थको मूल्य यथावत् कायम गरेको छ। उसले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्च भएको बेला भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आएको नयाँ मूल्यले भार थपिएको सुनाएको हो ।
यससँगै निगमले भदौ १७ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलको कायम रहेको मूल्यमा कुनै फेरबदल गरेको छैन ।


