
बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१ लाख सहयोग घोषणा

काठमाडौं । भदौ १० गते गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित रसुवासहितका क्षेत्रमा राहत, उद्धार तथा पुनर्निर्माणका लागि शिवम् सिमेन्टले सहयोग घोषणा गरेको छ। शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारको आवास पुनर्निर्माणका लागि ११० घरधुरीलाई प्रतिपरिवार १०० बोरा शिवम् ओपीसी सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। यसअनुसार कुल ११ हजार बोरा सिमेन्ट सहयोग गरिनेछ।
त्यस्तै, शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडले राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
कम्पनीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार र विपद्पछिको पुनर्निर्माण अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। शिवम् सिमेन्टले विपद्को कठिन परिस्थितिमा सरकार, स्थानीय निकाय तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै प्रभावित नागरिकको जीवन पुनःस्थापनाका लागि साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको छ।

