
राष्ट्र बैंकको तथ्यांक : देशको ढुकुटीमा करिब ३९ खर्ब सञ्चिति (हेर्नुहास् पूर्ण पाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाको वितरण सार्वजनिक गरेको छ । एक वर्षको अवधिमा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४५.६ प्रतिशतले वृद्धि भई ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तसम्म आइपुग्दा उल्लेख्य रूपमा बढेको हो ।
त्यस्तै यो अवधिमा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटे पनि नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) भने उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०८२–८३ मा विप्रेषण आप्रवाह ३७.१ प्रतिशतले वृद्धि भई २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
Loading Viewer...

