
इप्पान अध्यक्ष डाँगी भन्छन्, ३४१ मेगावाटमा क्षति पुगिसक्यो, एकिन विवरण आउन बाँकी छ

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष मोहन कुमार डाँगीले रसुवा बाढीबाट ३४१ मेगावाट क्षमताका जलविद्युत आयोजनमा क्षति पुगेको बताएका छन् । अध्यक्ष डाँगीले अहिले पनि तथ्यांक संकलनको कार्य जारी रहेकाले यो प्रारम्भिक तथ्यांक मात्रै भएको बताएका हुन् ।
‘इप्पानले अहिले पनि तथ्यांक संकलनको काम जारी राखेको छ । एकीन विवरण आइसकेको छैन । प्रारम्भिक तथ्यांक अनुसार ३४१ मेगावाट क्षमताका आयोजनमा क्षेति पुगेको छ,’ उनले भने ।

