
रसुवा बाढी : के–के क्षति भयो ?

काठमाडौं । तिब्बततर्फबाट रसुवाको भोटेकोशीमा बाढी आएको छ । तर, क्षतिको विवरण आउन बाँकी छ ।
बाढीबाट धेरै ठूलो क्षति पुगेको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले जानकारी दिए । उनले तल्लो तटमा हाइड्रोका आयोजनाहरु बगेको भन्ने जानकारी आएको बताए । बस्तीमा पनि बाढी पसेकाले ठूलो जनधनको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ । उद्धारमा समेत अहिले कठिनाइ भइरहेको उनको भनाइ छ ।

