
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यल घटेको छ भने चाँदीको बढेको छ । आज सुन तोलाको १०० रुपैयाँले घटेको छ भने चाँदी ७५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य ७५ रुपैयाँले बढेर तोलाको ४ हजार ९७५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मुल्य तोलाको ४ हजार ९०० रुपैयाँ रहेको थियो ।

