
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
काठमाडौं । यातायात व्यवस्था विभागले दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला गर्ने निर्णय गरेको छ ।
आज सरोकारवालाहरुसँगको बैठकपछि यस्तो निर्णय गरेको हो । आगामी असाज २५ असोज घटस्थापना परेको छ ।यसैबीच नारायणगढ–काठमाडौं सडकखण्डमा घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।


