

लघु बीमा मध्येकै टप कम्पनी, नेपाल माइक्रोले आईपीओ ल्याउँदै




काठमाडौं । संचालन इजाजत अनुमति पत्र पाएका कम्पनीहरु मध्ये नेपाल माइक्रो इन्स्योन्स विभिन्न सूचकको आधारमा अब्बल देखिन्छ । सोही कम्पनीले यही माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई लक्षित गर्दै प्राथमिक साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीका अनुसार प्रथम चरणमा बैदेशिक रोजगारीमा रहेका नागरिकहरुलाई जारी गरेसँगै यसपछि स्वदेशमा रहेका नागरिकहरुका लागि आईपीओ जारी हुनेछ । आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई समेत बीमाको दायरामा समेटने उदेश्यले स्थापित निर्जीवन लघु बीमा कम्पनी नेपाल माइक्रोको व्यवसायीक स्थिती समेत सन्तोषजनक रहेको कम्पनी निकट स्रोतले बताएको छ ।
आगामी दिनमा आफ्ना व्यवसाय बिस्तारका थप बाटाहरु खुल्दै गएको विश्वास लिएको नेपाल माइक्रोले आफ्नो आईपीओमा समेत राम्रो आकर्षण रहने जनाएको छ । लघु बीमा आफैमा नेपाली बीमा बजारमा स्थापित सबैभन्दा पछिल्लो र नेपाली घरपरीवारलाई सुहाउँदो भएकाले बिस्तारै उक्त कम्पनीका प्रोडक्टलाई नागरिकहरुले बुझ्ने र बीमा सहभागीता बढ्ने क्रम जारी रहेको कम्पनीले जनाएको हो ।