
चेरी क्यू र हाइब्रिड एसयूभी ‘आइकार भी–२७’ सार्वजनिक, यस्तो छ मूल्य र रेन्ज

काठमाडाैं । काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपोमा एसपीजी अटोमोबाइल्स प्रालिले दुई नयाँ कार ‘चेरी क्यू’ र ‘आईकार भी२७’ लन्च गरेको छ । चेरीको नेपालका लागि आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले चेरी ब्रान्डमा पहिलोपटक विद्युतीय कार नेपाल ल्याएको हो भने आईकार भी२७ समेत सोही ब्रान्ड मातहतको प्रिमियम हाइब्रिड एसयूभी हो ।
चेरी क्यू कम्फर्टको मूल्य ३४ लाख ४९ हजार र प्रिमियमको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर नाइमा स्पेसल अफरको रुपमा यी दुई भेरिएन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी आईकार भी२७ को मूल्य १ करोड ८० लाख रुपैयाँ तोकिएको छ ।
विश्वप्रसिद्ध ‘रेड डट डिजाइन अवार्ड २०२५’ र ‘आईएफ डिजाइन अवार्ड २०२६’ विजेता चेरी क्यमा ४१.२ किलोवाट आवर ब्याट्री र ९० किलोवाट क्षमताको मोटर जडान गरिएको यो अर्बन क्रसओभरले एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ । रियर ह्विल ड्राइभ प्लेटफर्ममा बनेको यस कारमा आधुनिक युनिक लाइटिङ सिस्टम र लक्जरी इन्टेरियर समावेश छ ।
त्यस्तै, चेरी अटोमोबाइल ग्रुपकै अर्को सहायक ब्रान्ड आइकारको भी–२७ हाइब्रिड अफरोड एसयूभीमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन र ३४.३ किलोवाट आवर ब्याट्री जडान गरिएको छ । ईआरईभी प्रविधिको यो गाडीको कुल रेन्ज १,२०० किलोमिटर हाराहारी छ । यसको अल–ह्विल ड्राइभ मोडलले ३३५ किलोवाट पावर र ५०५ एनएम टर्क जेनेरेट गर्दछ ।

