
नाइमा एक्स्पोमा बीवाइडीसहित यी कम्पनीका स्टलहरुमा ग्राहकको मुख्य आकर्षण

काठमाडाैं । काठमाडौंको भृकुटीमण्डमा आजदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु भएको छ ।
एक्स्पोको पहिलो दिन सर्वसाधारण तथा अवलोकनकर्ताहरुको अत्यधिक घुँइचो लागेको छ । खासगरी, नयाँ सवारी खरिद गर्न चाहने र सवारीसम्वन्धी सम्पूर्ण जानकारीका लागि एक्स्पोमा आउनेहरु बढ्दै गइरहेका छन् ।
पहिलो दिनमा नै आम अवलोकनकर्ताको आकर्षणमा परेको यो एक्स्पोमा ५५ ब्रान्डका सवारीहरु स्टलमा राखिएको छ । पहिलो दिनमा खासगरी, बीवाइडी, एमजी, हुन्डाई, टियागो, डोङफेङ, जगदम्बा मोर्टस कम्पनीका गाडीहरुमा आम सर्वसाधारण र खरिदकर्ताको मुख्य आर्कषण रहेको छ ।
पहिलो दिनमा ती कम्पनीका गाडीप्रति आम सर्वसाधारण सोध्ने र बुझ्नेमात्र नभइ कतिपयले बुकिङ समेत गरेको कम्पनीहरुले जनाएका छन् ।

