
मल्टीपर्पस फाइनान्सले बनायो सेयरधनीको हात रित्तो

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले सेयरधनीको हात रित्तो बनाएको छ । कम्पनीको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेसँगै सेयरधनीको हात रित्तो हुने भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरणको आधारमा कम्पनीका सेयरधनीहरूलाई नगद लाभांश÷बोनस सेयर वितरण नगर्ने प्रस्ताव गरेको हो ।


