
आइसिएफसि फाइनान्सले कमयो २६ करोड बढी नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा २०.६७ प्रतिशतले नाफा घटेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा यो कम्पनीले २६ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको अन्तिमसम्ममा यो कम्पनीको नाफा ३३ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी ५९ करोड ४३ लाख रुपैयाँबाट बढेर ६४ करोड ५४ लाख रुपैयाँ नाघेको छ भने कुल सञ्चालन आम्दानी ८१ करोड १३ लाख रुपैयाँबाट घटेर ८० करोड ६९ लाख रुपैयाँमा झरेको छ । यता सञ्चालन मुनाफा पनि ४७ करोड ४८ लाख रुपैयाँबाट घटेर ३७ करोड ५१ लाख रुपैयाँमा खुम्चिएको छ । समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १४ करोड १७ लाख रुपैयाँ कायम भएको छ । कम्पनीको एनपीएल १.८४ प्रतिशतबाट १.५५ प्रतिशतमा झरेको छ ।
चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भ कोषमा ९१ करोड ५३ लाख रुपैयाँ रहेको छ । कम्पनीले १८ अर्ब ६९ करोड ५६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ अर्ब २३ करोड २७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १८९.३२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२.३३ रुपैयाँ रहेको छ ।

