
अब संसदीय समितिमा पनि ई–हाजिरी

काठमाडौं । संसदीय विषयगत ससितिमा पनि विद्युतीय हाजिरी (ई–हाजिरी) सुरु गरिएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति, संयुक्त समिति संसदीय सुनुवाइ समितिले यस्तो अभ्यास गरिरहेका छन् ।
संघीय संसद् सचिवालयका अनुसार सबै संसदीय विषयगत समितिमा विद्युतीय हाजिरी सुरु भएको छ । अहिले हस्तलिखित र विद्युतीय हाजिरी दुवै हुने गरेको छ । निश्चित समयपछाडि विद्युतीय हाजिरी मात्रै गर्ने गरी संसद् सचिवालय अगाडि बढेको हो ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा यसअगाडि देखि नै सांसदहरूको विद्युतीय हाजिरी हुने गरेको छ । यसका लागि यसअघि नै बायोमेट्रिक विवरण संकलन गरिएको थियो । संसद् बैठक बस्दा सांसदहरूले हस्तलिखित र विद्युतीय हाजिरी दुवै गर्ने गरेका छन् ।

