
प्रि ओपन सेसनमै करिब २८ अंक घट्यो नेप्से

काठमाडौं । बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २८ अंक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७.७९ अंक घटेर २६८८.८८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २७.७५ अंक घटेर २६६१.१३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ६.९१ अंक घटेको छ।
बिहीबार प्रि ओपन सेसनमा ६१ स्टकको ७५ पटकको कारोबारमा २५ लाख ९३ हजार ३११ रुपैयाँबराबरको १६ हजार ४०४ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने ४३ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

