
हिमाल डेन्टल हस्पिटलले आईपीओ निष्काशन गर्ने, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई निष्काशन गर्ने तयारी गरेको हो।
आईपीओ निष्काशनका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।सम्झौता कार्यक्रममा कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद प्रसाईं तथा डा. निरञ्जन आचार्यको पनि उपस्थिति रहेको थियो।
कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्ने जनाएको भए पनि निष्काशन गरिने शेयर संख्या, प्रतिकित्ता अंकित मूल्य, आईपीओमार्फत संकलन हुने रकम तथा निष्काशनको मितिबारे हालसम्म कुनै विवरण सार्वजनिक गरेको छैन। सन् २००३ मा स्थापना भएको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स लिमिटेडले दाँत तथा मुखसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आईपीओ निष्काशनमार्फत

