
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १० रुपैयाँले बढेर ४ हजार ३२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३१० रुपैयाँ पुगेको छ ।

