
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, एक तोला किन्न कति पैसा आवश्यक ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको १ हजार ४०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४१० रुपैयाँ रहेको थियो ।

