
बीमा दर्पण : स्थापनाको तेस्रो बर्ष

काठमाडौं । नोभल्टी न्यूज मिडीया प्राइभेट लिमिटेडद्वारा संचालित बीमा दर्पण डटकम अनलाईन आज (साउन १० गते) बाट तेस्रो वर्षमा प्रवेश गरेको छ । बीमासँगै समग्र आर्थिक क्षेत्रका गतिविधिहरुलाई डिजिटल माध्यमबाट आम पाठकसम्म पुर्याउने उद्देश्यकले स्थापना गरिएको बीमा दर्पणले आफ्नो तीन वर्षको यात्रालाई सफलताका साथ पुरा गरेको हो ।
तीन वर्षको यो अवधिमा हामीलाई विश्वास गर्ने विज्ञापनदाता, हाम्रा पाठक र स्रोतहरु हाम्रो प्रेरणाका मुख्य स्रोत हुन् । हाम्रो यात्रामा हातेमालो गर्ने सबैप्रति वार्षिकउत्सबको अवसरमा हामी मनै देखि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौँ ।
नेपाली पत्रकारिता जगतमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै अघि बढीरहेको बीमा दर्पण थप परिष्कृत, विश्वश्नीय एवम् सबल बन्दै अघि बढ्ने प्रतिबर्द्धता व्यक्त गर्दछौँ । सुरुवाती चरणबाटै बीमा दर्पण डटकमलाई आम नागरिक, सेवा प्रदायक कम्पनी र सरकारी निकायबीच समन्वयकारी, समाधानमुखी एवम् साझा चौतारीको रुपमा बिस्तार गर्ने हाम्रो प्रयत्न हो ।
तेस्रो वर्षमा पाईला आरम्भ गरेको पावन अवसरमा सम्पूर्ण पाठक, समाचार स्रोत, विज्ञापनदाता, प्रत्यक्ष, अप्रत्यक्ष सहयोग एवम् सहानुभूती प्रदान गर्नु हुने सकारात्मक, विकास प्रेमी मनहरुमा हामी हार्दिक आभार व्यक्त गर्न चाहान्छौं ।
बीमा दर्पण डटकम मिरोर अफ इन्स्योरेन्स

