
सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार ८०० रुपैयाँ र चाँदी १५५ रुपैयाँले घटेको हो । आज सुन तोलाको २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५०५ रुपैयाँ रहेको थियो ।

