
सुनचाँदीको मूल्य सामान्य बढ्यो, एक तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ र चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ९१ हजार रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ४८० रुपैयाँ रहेको थियो ।

