
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर पूर्ण छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत समता कर पूर्णरूपमा छुट दिने निर्णय गरेको छ । भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले उक्त शुल्क छुट दिने निर्णय गरेको प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
चालू आर्थिक वर्षको बजेटमा घोषणा गरिएको समता कर साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो । चौतर्फी विरोधपछि प्रधानमन्त्री वालेन्द्र शाहले कर खारेजीको घोषणा गरेका थिए ।
आर्थिक ऐन २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्कमा आर्थिक ऐनको दफा १८ को (१०) बमोजिम पूर्ण रूपमा छुट दिनेबारे आज अर्थमन्त्रीले प्रस्ताव लगेका थिए ।

