
सेयर बजारमा ४१ अंकको वृद्धि, कारोबार रकम साढे ५ अर्ब माथि

काठमाडौं । गत साता करिब ३ प्रतिशतले बढेको सेयर बजार यो साताको कारोबार हुने पहिलो दिन पनि उच्च अंकले बढेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ४१.७० अंकले बढेर २७१९.२४ विन्दुमा पुगेको हो ।
आज सेयर बजार गत साताको अन्तिम कारोबारको तुलनामा १.५५ प्रतिशतले बढे्को छ । आज सेयर बजार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ कम्पनीको घटेको छ । आज ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ४.२२ अंकले बढेर ४७२.६० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
परिसूचक बढेको दिन सेयर बजारमा साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३४३ कम्पनीका १ करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर ६७ हजार १५५ पटक खरिद बिक्री हुँदा ५ अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

