
माछापुच्छ्रे ग्रोथ फन्ड धितोपत्र बोर्डको पाइपलाइनमा, १ अर्ब रुपैयाँको इकाइ निष्कासनको तयारी

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले सामूहिक लगानी योजनाअन्तर्गत ‘माछापुच्छ्रे ग्रोथ फन्ड’ सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमति माग्दै निवेदन दिएको छ।
बोर्डबाट स्वीकृति प्राप्त भएपछि उक्त योजनाअन्तर्गत कुल १ अर्ब रुपैयाँबराबरको सार्वजनिक निष्कासन (आईपिओ) गरिनेछ। क्यापिटलले प्रति इकाइ १० रुपैयाँ अंकित दरका १० करोड इकाइ सर्वसाधारणका लागि जारी गर्ने प्रस्ताव गरेको छ।
यस योजनाको कोष प्रवर्द्धक (फन्ड स्पोन्सर) मा माछापुच्छ्रे बैंक रहेको छ। धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि निष्कासनको मिति तथा आवेदनसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरिनेछ।

