
सेयर बजारमा हरियाली, परिसूचक ७९ अंकले बढ्दा साढे ४ अर्ब माथिको कारोबार

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजार परिसूचक ७९.७४ अंकले बढेको हो ।
आज सेयर बजार अघिल्लो दिनको भन्दा ३.०६ प्रतिशतले बढेर २६७७.५४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २५७ कम्पनीको सेयर मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ११.५१ अंकले बढेर ४६८.३८ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य बढेको छ भने एउटाको घटेको छ ।
परिसूचक उच्च अंकले बढेको दिन आज साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता सेयर ५८ हजार ९४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार ७२३ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजार माएउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

