
सन नेपाल लाइफले अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आधारभुत अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले जीबन बीमा कम्पनीको अभिकर्ता भई कार्य गर्न इच्छुक व्यक्तिहरुका लागि आफ्नो केन्द्रिय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयहरु बाट जीबन बीमा अभिकर्ता आधारभुत तालिम संचालन गर्ने भएको हो ।

यस कम्पनीद्वारा आ.ब. २०८३/८४ मा संचालन हुने जीबन बीमा अभिकर्ता आधारभुत तालिमको बिस्तृत विवरण कम्पनीको वेभसाइटमा राखिएको छ । अतः जीबन बीमा अभिकर्ता भई कार्य गर्न इच्छुक न्युनतम दश जोड दुई वा प्रविणता प्रमाण पत्र तह वा सो सरह उर्तीण व्यक्तिहरुले आफुलाइ पायक पर्ने कम्पनीको केन्द्रिय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालयमा सम्पर्क गरी तालिममा सहभागि भइ दक्ष बीमा अभिकर्ताको रुपमा आफ्नो व्यक्तित्व विकास गर्ने मौकाको सदुपयोग गर्न आग्रह गरेको छ ।

