
एभरेष्ट कलरको आईपीओ सूचीकृत

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) र कम्पनी बीच आईपीओ सूचीकृत सम्बन्धी सम्झौता भएको हो ।
कम्पनीले आईपीओ मार्फत सर्वसाधारणमा वितरण गरिएको ७ लाख ९० हजार कित्ता (२६.३३ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको २२ लाख १० हजार कित्ता (७३.६७ प्रतिशत) गरी जम्मा ३० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
अब कम्पनीको धितोपत्र दोस्रो बजारको कारोबार भोलि साउन १ गते शुक्रबारबाट कारोबार हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम प्रतिकित्ता ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको छ ।

