
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ३४ हजार बढी कित्ताको लकइन अवधि सकिंदै

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरेको सेयरको लकइन अवधिक भदौमा सकिने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको ३४ हजार ४८४ कित्ता सेयरको लकइन अवधि भदौ ४ गतेबाट सकिंदैछ ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले छ महीनासम्म सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको सेयर र तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर लकइनमा राख्नु पर्ने प्रावधान छ ।

