
‘काउन्सिलसँग विद्यार्थी’

काठमाडौँ। स्कुल अफ ल का विद्यार्थीसँग प्रेस काउन्सिल नेपालको काम कारबाहीलगायतका विषयमा अन्तरक्रिया भएको छ ।
मङ्गलबार काउन्सिल सभाहलमा भएको कार्यक्रममा काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठले काउन्सिलले अहिलेसम्म प्रेसको मात्रै अनुगमन गरिरहेको भएपनि भविष्यमा समग्र मिडियाको अनुगमन गर्ने गरी छलफलका क्रममा रहेको मिडिया काउन्सिल विधेयक अघि बढिरहेको बताए।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले प्रेस काउन्सिल नेपालले सञ्चार माध्यम र पत्रकारको अनुगमनसँगै सरकारको सल्लाहकार रूपमा समेत काम गर्दै आएको उल्लेख गरे। काउन्सिलका उपप्रशासकीय अधिकृत रहमतुल्ला मियाले काउन्सिल, यसअन्तर्गतका महाशाखा, शाखाका कामका सम्बन्धमा जानकारी दिए। शाखा अधिकृत गीता पराजुलीले सहजीकरण गरेको कार्यक्रममा आचारसहिंता उजुरी शाखाका अनुगमन अधिकृत महेन्द्रराज सिंहले उजुरीको समग्र प्रवृत्तिका सम्बन्धमा जानकारी दिए।

