
राष्ट्रपतिले प्रमाणिकरण गरे तीन विधेयक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विधेयक प्रमाणित गरेका छन् । संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले पारित गरेका यी बिधेयक बजेटसँग सम्वन्धित बिधेयक हुन् ।

