
हिमालयन लाइफको महाराजगंज शाखाले भुक्तानी गर्यो ५ लाख ८२ हजार दाबी रकम



काठमाडौं । राजधानीस्थित हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको महाराजगंजशाखाले बीमा दावी बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखाले स्वर्गिय मीन बहादुर डंगोलको मृत्यु पश्चात उनको हकवालालाई सो रकम प्रदान गरेको हो ।
बीमित डंगोलको बीमा दावी बापतको पाँच लाख ८२ हजार रुपैयाँ उनकी श्रीमती मैया डंगोल र छोरा मिलन डंगोललाई प्रदान गरिएको छ। बीमाको दाबी भुक्तानी महाराजगंज शाखाका प्रमुख राजेन्द्र घिमिरेले चेकमार्फत गरेका हुन् ।

