
सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलाको १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १५ रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको छ।
यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।

