
सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ हजार ४०० रुपैयाँ र चाँदी १६० रुपैयाँले घटेको हो । आज सुनको मूल्य तोलाको २ लाख ८४ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १६० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ४ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

