
पल्लभी लुब्रिकेन्ट्सको ८ लाख बढि कित्ता सेयर बिक्रिमा

काठमाडौं । पल्लभी लुब्रिकेन्ट्स लिमिटेडको ८ लाख ४६ हजार ८ सय ३० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । कम्पनीका हाल कायम सेयरधनी मध्ये इम्पिरियल इन्भेष्टमेन्ट प्रा.लिको नाममा रहेको २ लाख ८२ हजार १ सय ८० कित्ता प्रभाकर वियानीको नाममा रहेको १५ हजार कित्ता – सबिन श्रेष्ठको नामाम रहेको १ हजार कित्ता सिक्मा क्यापिटल प्रा.लिको नाममा रहेको ५ लाख ४८ हजार ६ सय ५० कित्ता सेयर बिक्रिमा रहेको हो ।
बिक्रिमा रहेको संस्थापक शेयरको मूल्य प्रतिसेयर १ सय २५ रुपैँया तोकिएको छ । बिक्रिमा रहेको सेयर खरिद गर्ने पहिलो प्राथमिकता बहालवाला (विद्यमान) सेयरधनीको हुने भएकाले । उक्त सेयर खरिद गर्न इच्छुक बहालवाला सेयरधनीहरूले आजको ७ (सात) दिनभित्र कम्पनीमा सम्पर्क गरी आवेदन दिनुपर्नेछ।
तोकिएको समयसीमा भित्र विद्यमान सेयरधनीहरूबाट खरिदका लागि आवेदन नआएमा, सेयरहरू नयाँ लगानीकर्ताहरूलाई बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।

