
नाफाको लोभमा दिनभरी ठप्प निजी पेट्रोल पम्प साझ परेसङै सुचारु

काठमाडौं । दिनभरी ठप्प जस्तै रहेका निजी पेट्रोल पम्प साझ परेसँगै सुचारु भएका छन् । सरकारले इन्धनको मूल्य घटाए पछि इन्धन छैन भन्ने बोर्ड राखेर बन्द भएका पम्पहरु साँज परेसँगै खुल्न थालेका हुन् ।
चौतर्फी दबाबसँगै पेट्रोल पम्प खुलेका हुन् । नेपाल आयल निगमले पनि अनुगमन गरेर केही पम्पलाई सिल गरेको जनाएको छ । निगमले झारा टार्ने काम गरे पनि इन्धनको मूल्य घट्ने विषयको जानकारी पम्पवालाहरुलाई दिएर आम उपभोक्तालाई दुख भने दिने गरेको छ ।
मूल्य बढ्दा यो समस्या कहीले पनि हुँदैन । तर, जब इन्धनको मूल्य केही रुपैयाँ मात्रै घट्छ तब भने यो समस्या आइ नै रहन्छ । यो पटकत निगमले पेट्रोलको मूल्य लिटरमा २० रुपैयाँ र डिजेलको मूल्य ३० रुपैयाँले घटाएको थियो ।

