
सुनचाँदीको मूल्यमा भारी गिरावट, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन तोलाको ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ४८५ रुपैयाँ रहेको थियो ।

