
सूचना टाँस गरेर भोलिका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । भोलि (बिहीबार) का लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयले बैठक सूचना टाँस गरेर स्थगित भएको जानकारी गराएको हो ।
बिहीबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको थियो । उक्त समयमा बैठक विशेष कारणबस बस्न नसक्ने भन्दै संसद् सचिवालयले स्थगित भएको जानकारी गराएको हो । अब संसद बैठक शुक्रबार दिउँसो १ बजे बस्ने छ ।

