
जापानद्वारा ट्युनिसिया पराजित, अर्को चरण पुग्ने सम्भावना बलियो

काठमाडौं । फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई पराजित गरेको छ । आइतबार भएको खेलमा जापाले ट्युनिसियालाई ४–० गोलले हराएको हो ।
विश्वकप फुटबलको यो एक हजार औँ खेल हो । सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औँ वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ । आजको खेलमा जापानले खेलको चौथो, ३१ औँ, ६९औँ र ८३औँ मिनेटमा गोल ग¥यो । दाइची कामाडाले चौथो र आयसे युएदाले ३१ औँ र ८३ औँ मिनेटमा गोल गरेका हुन् । त्यस्तै जुनियले ६९औँ मिनेटमा गोल गरे ।
जापानले समूह चरणको पहिलो खेलमा दुई पटक पछि परेको स्थिति उल्टाउँदै नेदरल्याण्ड्ससँग २–२ को बराबरी खेलेको थियो । आजको जीतसँगै समूह ‘एफ’ मा जापानले ४ अङ्क जोडेको छ । यो समूहमा नेदरल्यान्ड्सको पनि समान ४ अङ्क छ । त्यस्तै ३ अङ्क रहेको स्विडेन तेस्रो र अङ्कविहीन ट्युनीसिया पुछारमा छ ।

